पोखरा महानगरपालिका–१६, सीतापाइलाबाट हराएको मोटरसाइकल सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। असोज ३० गते राति करिब १० बजे सीतापाइलाबाट ग १९ प १०९१ नम्बरको मोटरसाइकल हराएको थियो ।
मोटरसाइकल चोरीको सूचना पाएपछि प्रहरी चौकी छोरेपाटनबाट खटिएको टोलीले सोही राति करिब ११ बजे पोखरा महानगरपालिका–१७, सिमलटुँडामा मोटरसाइकल फेला पारेको थियो ।
मोटरसाइकल पोखरा महानगरपालिका–७, मासबार निवासी ३१ वर्षीय सागर गुरुङले चलाइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा पछाडि सवार लमजुङको बेँसीसहर नगरपालिका–७, मिलनचोक स्थायी घर भई हाल पोखरा महानगरपालिका–९, पृथ्वीचोक बस्ने २५ वर्षीय किरण ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले मोटरसाइकल सहित दुवै जनालाई नियन्त्रणमा लिएर चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी विरेन्द्र कुमार पासवानले जानकारी दिए ।







