पत्रकार किशोर श्रेष्ठलाई समातेपछि हिमेशलाई पनि बोलायो ब्यूरोले

समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य हिमेश पन्तबीच विवाद बढेपछि नेपाल प्रहरीको साइबर ब्युरोले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

पन्तले श्रेष्ठविरुद्ध हिजो साइबर ब्युरोमा निवेदन दिएका थिए । श्रेष्ठले पनि पन्तविरुद्ध निवेदन दिएको ब्युरो स्रोतले जनाएको छ ।

यसैक्रममा प्रहरीको टोली आज बिहान ललितपुरको नख्खुस्थित निवासबाट श्रेष्ठलाई साइबर ब्युरो लगेको छ । पन्तलाई पनि छलफलका लागि ब्युरोले बोलाएको हो ।

Exit mobile version