करनको नाममै ‘रन’ ! ओमानविरुद्ध हाने १६ बलमा ४० रन

आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले ओमनलाई २ सय ६४ रनको लक्ष्य दिएको छ ।

ओमनको अल अमारात मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनायो ।

नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । यसअघि क्यानडाविरुद्धको खेलमा रोहितले शतक प्रहार गरेका थिए ।

रोहित आउट भएपछि धर्मराएको नेपाली टोलीलाई उकास्न सातौँ क्रममा क्रिजमा आएका करण केसीले विष्फोटक ब्याटिङ गरे ।
१६ बलमा ४० रन प्रहार गरेका उनी इनिङको अन्तिम बलमा रन आउट हुन पुगे । उनले ४९ औँ ओभरको दोस्रो, तेस्रो र चौथो बलमा उनले हस्नैन अलीलाई लगातार छक्का प्रहार गरे ।
उनै करनको ब्याटबाट निस्किएको रनकै मद्दतले ओमानलाई केही कठिन लक्ष्य दिइएको छ ।

त्यस्तै, अर्जुन कुमालले ५९ बलमा ४० रन जोडे । बसिर अहमद र डा। ईशान पाण्डेले समान ३७ रन बनाए । बलिङतर्फ ओमनका शाह फैसल, करण सोनावाले, शकील अहमदले समान दुई विकेट लिए भने हस्नैन शाहले एक विकेट झारे ।

Exit mobile version