नेपाल कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर २ को सभापतिमा नबिन बराल बिजयी भएका छन् ।
क्षेत्रीय सभापतिका लागि मंगलबार भएको निर्वाचनको परिणाममा बरालले १ सय ४९ मत प्राप्त गर्दै विजयी भए ।
सभापति पदमा सुभाष सिग्देल १ सय ४२, देवराज आचार्य १ सय ३१ मत प्राप्त गर्दा देवकृष्ण पराजुली ९४ मत प्राप्त गरे ।
५ सय ५४ प्रतिनिधि रहेको यस क्षेत्रमा ५ सय ४० मत खसेको थियो। प्रदेश सभा क्षेत्रतर्फ २ क मा २ सय ५६ र ख मा २ सय ८४ मत खसेको थियो ।







