नेपाल कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर २ ‘ख’को सभापतिमा अमृत शर्मा तिमिल्सिना निर्वाचित भएका छन् ।
तिमिल्सिनाले १ सय ४८ मत प्राप्त गर्दा वडा ९ का अध्यक्षसमेत रहेका दीपेन्द्र मर्सानीले १ सय मत प्राप्त गरे । अर्का उम्मेदवार सुवर्ण केसी ३३ मतमा सिमित रहे ।
त्यस्तै, यसै क्षेत्रको ‘क’मा भोजराज आचार्य विजयी भएका छन् ।
उनले १ सय ३२ मत प्राप्त गर्दा अर्जुन पोख्रेलले १ सय २३ मत प्राप्त गरे ।







