निसीखोलाका पहिरो प्रभावितलाई बागलुङबाट राहत पठाइँदै

बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत पठाइँदै छ ।

पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी बागलुङ, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको नम्बर २३ बाहिनी अड्डा उपल्लचौरबाट सामान पठाइएको हो ।

गत शनिबार र आइतबारको भारी वर्षापछि खसेको पहिरोमा परेर निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा चार र ताराखोला गाउँपालिकामा एक गरेर १० जनाको मृत्यु भएको छ ।

तस्बिर: डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

Scroll to Top