ऐतिहासिक उडानबाट पोखरा उत्रँदै ‘कन्दरा’, ब्याण्ड भन्छ: – ‘हामी फस्र्ट प्यासेन्जर’

अमेरिकाको सांगीतिक टूरमा रहेको पोखराको चर्चित ब्याण्ड ‘कन्दरा’ आज पोखरा फर्कदैछ ।

ब्याण्डका सदस्यद्वय विवेक श्रेष्ठ र सुनिल थापाले अमेरिकाबाट दुबई ट्रान्जिट हुँदै फ्लई दुबईको उडानबाट पोखरा फर्किने बताएका छन् ।

थापाले दिएको जानकारी अनुसार ब्याण्ड सदस्यहरु यतिबेला अमेरिकाको शिकागोबाट दुबई ल्याण्ड भइसकेका छन् ।

यसैबीच, श्रेष्ठ र थापाले विदेशबाट घर (पोखरा)मै अवतरण गर्ने सपना पुरा भएको प्रतिक्रिया दिएका छन् ।

‘हामीले यत्रो वर्षदेखि विदेशमा कन्सर्ट गरेर विमानस्थलमा उत्रेपछि सिँधै घर जाने सपना आज पुरा हुँदैछ’ उनीहरुले भनेका छन् ‘मन हर्षले विभोर भएको छ, हामी कतिबेला यहाँबाट टेकअफ हुन्छौं भनेर रोमाञ्चित भइरहेका छौं ।’

देशमा उत्रिएपछि घर जान अर्काे सकस ब्यहोर्नुपर्ने झन्झटबाट मुक्त भएको ब्याण्ड सदस्यले बताएका छन् ।

भोकलिष्ट श्रेष्ठले भनेका छन् ‘कन्दरा ब्याण्ड आजको ऐतिहासिक उडानको पहिलो प्यासेन्जर भएको छ, सबैलाई नमन ।’

कन्दराले अमेरिकाको टूरलाई भोटेकोशी बाढीबाट ज्यान गुमाएकोप्रति श्रद्धाञ्जली व्यक्त गर्ने ढाँचामा बदल्दै आर्जित रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा पठाएको छ ।

Exit mobile version