कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा बाराही स्पोर्टस् जोडिएको छ ।
स्पोर्टस्का प्रोपाइटर विजय शाहीले प्रदेशस्तरीय मिडिया कपमा साथ रहने प्रतिबद्धता जनाउँदै प्रतियोगिताको सफलताको कामना गरेका छन् ।
बाराही स्पोर्टस पोखरामा आयोजना हुने कुनैपन खेल प्रतियोगितालाई साथ समर्थन दिँदै आएको छ शाहीले भने अझ मिडियाले नै प्रतियोगिता आयोजना गरेकोमा झनै दायित्व रहेको छ ।
शाहीले प्रतियोगिता भव्य र सभ्य रहोस् भन्दै शुभकामनासमेत व्यक्त गरेका छन् । बाराही स्पोर्टस विभिन्न खेलसँग सम्बन्धित स्पोर्टस् वेयरको बिक्रेता कम्पनी हो ।
शाही गण्डकी प्रदेश फेन्सिङ् एशोसियसनका अध्यक्षसमेत हुन् ।
आयोजक कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठले सहयोगी बाराही स्पोर्टस् र प्रोपाइटर शाहीप्रति आभार व्यक्त गर्दै निरन्तर साथ, सहयोगको अपेक्षा गरेका छन् ।
स्मरणीय छ, हिमश्री फुड्स प्रालि पोखरामा आयोजना हुने राष्ट्रियस्तरको आहा रारा गोल्डकपको मुख्य प्रायोजक हो ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
प्रतियोगिता गण्डकी प्रदेशस्तरीय भए पनि खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार र प्रतियोगिताको दायरा फराकिलो बनाउने उद्देश्यले ‘खुला खेल’को अवधारणामा सञ्चालन गर्न लागिएको उनले बताए ।
प्रतियोगितालाई सफल बनाउन विभिन्न संघ–संस्था तथा व्यवसायिक प्रतिष्ठानले समेत सहकार्य गरेका छन् । प्रतियोगिताको प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर १२ र कफीे डि हिमालयज रहेका छन् ।
त्यस्तै, सहयोगी संस्थाका रूपमा प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद समिति कास्की र पोखरा महानगरपालिका वडा ३ को कार्यालय रहेका छन् ।
प्रतियोगिताको प्रवद्र्धकका रूपमा परिचय एडर्भरटाजिङ र लिड्स इभेन्ट्स रहेका छन् भने एडभेन्चर पार्टनरका रूपमा गो बन्जी र प्रिन्टिङ्ग पार्टनरमा पीएम अफसेट रहेको छ ।
त्यसैगरी, प्रतियोगिताको मेडिकल पार्टनरका रूपमा गण्डकी मेडिकल कलेज तथा हस्पिटालिटी पार्टनरका रूपमा चाइनिज गार्डेन रेष्टुरेन्ट एण्ड बार रहेको आयोजकले जनाएको छ ।
खेल लिगकम नकआउटमा खेलाइने र खेलको टाइसिट आज अपरान्ह सार्वजनिक हुने अध्यक्ष श्रेष्ठले बताएका छन् ।
