पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।
संघको नेतृत्वका लागि ४ उम्मेदवारबीच तिब्र प्रतिस्पर्धा छ ।
संघमा आबद्ध २ हजार ७३१ मतदाताले चयन गर्ने नयाँ नेतृत्वमा अध्यक्ष पदमामात्रै चार जना उम्मेदवार छन् ।
जसमा शोभा गौतम, बलराम आचार्य, उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेल रहेका छन् ।
आचार्य र गौतमले प्यानलसहित उम्मेदवारी दिएका छन् भने बुद्धाचार्य र पोखरेल भने स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि भिड्दै छन् ।
निर्वाचनमा अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने निर्वाचन समितिका संयोजक दामु अधिकारीले बताएका छन् ।
बिहान ८ बजेदेखि सुरु भएकोमतदान साँझ ५ बजेसम्म जारी रहने छ ।

