पोखराको बसेल दम्पत्तिद्वारा प्रधानमन्त्री राहत कोषमा ५० लाख

बीएण्डबी ग्रुप नेपालले हालैको विपदबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

पोखराका बिमल बसेल र बिमला बसेलद्वारा सञ्चालित ग्रुपअन्तर्गतको बीएण्डबी लेक भ्यू अपार्टमेन्टले ५० लाख सहयोग गर्ने जनाएको हो ।

देशले कठिन परिस्थितिको सामना गरिरहेका बेला प्रभावित तथा आवश्यकतामा रहेका नागरिकको साथमा उभिनु आफ्नो जिम्मेवारी भएको भन्दै उक्त रकम सहयोग गर्ने घोषणा गरिएको हो।

ग्रुपले संकटको समयमा हरेक योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनामा सबै मिलेर अघि बढ्नुपर्ने सन्देशसमेत दिएको छ ।

‘नेपालका लागि, नेपाली जनताका लागिु भन्ने सन्देशसहित बीएण्डबी ग्रुपले संकटको समयमा नेपाली जनताको साथमा रहेको जनाएको छ ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ । उक्त विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोष स्थापना गरेको छ ।

Exit mobile version