‘नेपाल एक्लो छैन’ भन्दै भारतले पठायो सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला भारतले नेपालका लागि मानवीय सहायता पठाएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले नेपालमा बाढीको उद्धार तथा राहतका लागि १० टन मानवीय सहायता सामग्री (एचएडिआर) र अत्यावश्यक औषधि पठाएको बताएका छन्।

जयशंकरले सामाजिक सञ्जालमार्फत बाढीबाट प्रभावितप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार र प्रभावित सबैप्रति समवेदना प्रकट गरेका छन्।

‘नेपाल एक्लो छैनौ, यस चुनौतीको सामना गर्न भारत नेपाल र नेपाली जनताको साथमा उभिएको छ,’ उनले भनेका छन्।

Exit mobile version