जोमसोममा जहाँ बसेका थिए अमिताभ बच्चन, त्यही बस्नेछन् बालेन

प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको भ्रमणको क्रममा घरपझोङ गाउँपालिका-३, जोमसोम बजार पुगेका छन् ।

प्रधानमन्त्री शाह र टोलीलाई मुस्ताङी र थकाली मौलिक,संस्कृति झल्किने परम्परागत वास्तुकलामा निर्मित होटल ओम्स होम बुकिङ गरिएको पत्रकार सुशिल बाबु थकाली अनुरागीले जनाएका छन् ।

पाँचदशक अगाडीदेखि बिष्णुराज र श्रीमती लालकुमारी हिराचनलले सुरु गरेको होटलमा नेपालका पूर्वराजपरिवारसहित उच्च पदस्थ ब्यक्तीको रोजाईमा पर्ने गरेको छ ।

बलिउडका अभिनेता अमिताभ बच्चनले सन् १९९१ मा मुस्ताङमा चर्चित चलचित्र ‘खुदा गवाह’ छायांकनको क्रममा ओम्स होममा नै बसेको थकालीले जनाएका छन् ।

Scroll to Top