पोउवाको अध्यक्षमा दाबेदार शोभा गौतम, सौगात थापासहित प्यानल घोषणा

पोखरा उद्योग वाणिज्य संघको भाद्र २० र २१ गते सम्पन्न हुने ३६औँ महाधिवेशनका लागि अध्यक्षका आकांक्षी शोभा गौतमको प्यानल घोषणा भएको छ ।

पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि गौतमको प्यानल घोषणा गरिएको हो । गौतम हाल संघको महासचिबको जिम्मेवारीमा छिन। ‘समावेशी टिम, जुझारु नेतृत्व—सबल संघ, समृद्ध पोखरा’ नारा सहित गौतमले आंफ्नो प्यानल घोषणा गरेकी हुन।

गौतमको प्यानलको वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुङ्गाना, कोषाध्यक्षमा बालकृष्ण कोइराला र उपमहासचिवमा यादव पोखरेल रहेका छन् ।

प्यानल घोषणा गर्न आयोजित कार्यक्रममा अध्यक्षका उमेदवार गौतमले एकताबद्ध भई निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति अनुरूप प्यानल सहितको उम्मेदवारी घोषणा गरिएको बताइनु ।

Exit mobile version