विजयपुर खोलाले बगाएका निक्सन मृत फेला, ओमानको खोजी जारी

विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुईमध्ये १ बालकको शव फेला परेको छ । पोखरा महानगरपालिका १४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको शव मंगलबार दिउँसो भेटिएको हो ।

साउन ३० गते विजयपुर खोला तर्ने क्रममा उनलाई भेलले बगाएको थियो । ३ दिनदेखिको निरन्तर खोजीपछि उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

निक्सनको शव घटनास्थलबाट करिब १.५ किलोमिटर तल भेटिएको हो । पोखरा १४ चाउथेस्थित गोरखा भिलेज पछाडिको खोचमा शव देखिएको थियो ।

भत्किएको पर्खालको रडभित्र शव अड्किएकाले एक्साभेटरको सहायताले बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ । मृतकका हजुरबुबा फत्तबहादुर गुरुङले शवको पहिचान गरेका छन् ।

उनीसँगै खोलाले बगाएका ओमनको खोजी कार्य जारी छ । उनी खोटाङ घर भई पोखरा १४ चाउथेमा डेरा गरी बस्थे ।

Exit mobile version