सभामुख डोलप्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख अर्यालले सदनमा उपस्थीत भइ सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन् ।
सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्ववपूर्ण विषयहरूमा प्रश्नोत्तरको माग गर्दै सांसदहरुले गरिरहेको विरोधप्रति सभामुखको ध्यानाकर्षण भएको बताए ।
यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसद उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्रीलाई उनले निर्देशन दिएका हुन् ।
सीमा सम्बन्धी अभिव्यक्तिको र प्रश्नोत्तरमा सहभागी भइ प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग सहित बिपक्षी दलले लामो समयदेखि सदनमा विरोध जनाउदै आएका थिए ।
सभामुखको निर्देशनपछि बिपक्षी दलका सांसदहरुले आसन ग्रहण गरेका थिए ।
