गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराको आयोजनामा तथा गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको सहआयोजनामा प्रशिक्षण तथा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालको न्युरोसर्जरी विभागका प्राध्यापक तथा वरिष्ठ न्युरोसर्जन डा. यमबहादुर रोका ले प्रशिक्षण दिएका थिए।
उनले ‘ट्रमा (गम्भीर चोटपटक) का बिरामीको अस्पतालपूर्व व्यवस्थापन’ तथा ‘डिजिटल उपकरणको प्रयोगसँग सम्बन्धित स्वास्थ्य समस्या’ विषयमा पावरपोइन्ट प्रस्तुतीकरणसहित प्रशिक्षण सञ्चालन गरेका थिए।
कार्यक्रममा सहभागीहरूलाई आपत्कालीन अवस्थाको प्रारम्भिक व्यवस्थापन, ट्रमा बिरामीको सुरक्षित उद्धार तथा डिजिटल उपकरणको अत्यधिक प्रयोगबाट हुने स्वास्थ्य समस्याबारे जानकारी गराइएको थियो।
कार्यक्रमलाई ‘रोटरी क्लब अफ नक्साल शक्ति’ र ‘खुमा अर्याल फाउन्डेसन’ले सहयोग गरेका थिए।
सो अवसरमा विभिन्न प्रहरी इकाइका लागि १६ वटा फर्स्ट एड बक्स तथा २ वटा अस्पताल बेड समेत हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
