जन्मथलोमा प्रकट हुँदैछन् ‘प्रकट’

स्रष्टा प्रकट पंगेनी ‘शिव’को अर्धकदको शालिक स्थापना हुने भएको छ ।

कास्कीको रुपा गाउँपालिका स्थायी ठेगाना भएका प्रकटको शालिक रुपाकै देउरालीस्थित ठूलो वन सामुदायिक वनको ग्रीन पार्कमा राखिने तयारी अन्तिम चरणमा पुगेको छ ।

उक्त शालिक “प्रकट पंगेनी ‘शिव’ स्मृति प्रतिष्ठान”ले निर्माण गरिरहेको प्रतिष्ठानका अध्यक्ष टिकाराम पंगेनीले बताएका छन् ।

शालिक स्थापनापश्चात् अवलोकन गरिदिन र सम्भव भए यथाशक्य सहयोगसमेत गरिदिन अध्यक्ष पंगेनीले अनुरोध गरेका छन् ।

पंगेनीको ७० वर्षको उमेरमा ०८१ वैशाख ४ गते पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

उनका कविता, गजलका किताब प्रकाशित छन्। पंगेनीको ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुनालाई’ गीत संग्रहसमेत प्रकाशित छ ।

Scroll to Top