प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले राष्ट्रप्रति आफु वफादार भएको भन्दै आफ्नो राष्ट्रियतामा शंका नगर्न अनुरोध गरेका छन् ।
केही दिनअघि सीमाबारे दिएको अभिव्यक्तिमा विपक्षीले गरेको विरोधप्रति उनले बेलायतसँग नक्सा माग्दै भारतसँग सिँधै कुरा गर्ने बताए ।
लिपुलेक र कालापानी मिचिएको छ, सिमाना मिचिएका विषयमा सरकारले चासो र चिन्ता दुबै लिएको उनले जनाए ।
शुभकामना दिने क्रममा केही पार्टीका नेताले रास्वपालाई कुनै सवारी साधनको उदाहरण दिँर्द एक्सिलेटरसँगै ब्रेकपनि लगाउनु पर्ने सुझावमा शाहले कटाक्षसमेत गरे ।
शाहले भने ‘हाम्रो गाडी लोकल होइन, रास्वपा हाइवेमा चल्ने एक्सप्रेस गाडी हो, लक्ष्यमा नपुगि दुर्घटना हुँदैन ।’
