कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डले परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशन गरेको जनाएको छ।

गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए।

नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा तथा अन्य २९० जना परीक्षार्थी रहेका थिए।

परीक्षा सञ्चालनका लागि देशभर १ हजार ४२० तथा जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र तोकिएका थिए।

सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौं जिल्लामा १६१ वटा रहेका थिए भने मनाङ र मुस्ताङ जिल्लामा १–१ वटा मात्र परीक्षा केन्द्र निर्धारण गरिएको थियो।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइट तथा विभिन्न अनलाइन माध्यममार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

Exit mobile version