कास्की ३ का सांसद बिना गुरुङ्सँग मतदाताहरुले पोखराकै इतिहास बनेको शाइनिङ अस्पताल पुनः सञ्चालनको माग राखेका छन् ।
आफ्नो क्षेत्रमा स्थानीयसँग अन्तरक्रिया गर्न निस्केकी गुरुङ्सँग तत्कालिन समयमा पोखराको बगरमा रहेको पुरानो मुटु रोग अस्पताल पुनः सुचार गरे यसबाट कास्कीको अन्नपूर्ण, माछापुच्छ्रे, म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङ लगायतका जिल्लाका सेवाग्राहीहरूलाई समेत सहज स्वास्थ्य सेवा पाउने धारणा राखे ।
मन्त्रीले भनेकी छिन् ‘अस्पताललाई पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल गरियोस् भन्ने स्थानियवासीहरुको माग रहेको छ।’
उक्त अस्पताल सञ्चालनमा आए पश्चिमाञ्चल अस्पतालमा रहेको बिरामीको चापसमेत कम हुने उनको धारणा छ ।
पोखराको इतिहासमा शाइनिङ अस्पताल पहिलो आधुनिक स्वास्थ्य संस्था हो । अन्तर्राष्ट्रिय नेपाल फेलोशिप (आईएनएफ)को अगुवाइमा सन् १९५२ मा स्थापना भएको यो अस्पताल पश्चिमाञ्चल नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा र विशेष उपचारको पर्यायवाची बनेको छ ।
नेपालमा प्रजातन्त्र आए लगत्तै (सन् १९५२ मा) डा. लिली ओ’हान्लन र हिल्डा स्टिलसहितको मेडिकल मिसनरी टोली भारतबाट पैदलै पोखरा आएर यसको स्थापना गरेका थिए ।
