स्थानीयको गुनासोपछि ‘मोडिफाइड’ ११ मोटरसाइकल नियन्त्रणमा

बागलुङका विभिन्न स्थानमा स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्दै संचालन गरिएका ११ वटा मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय,बागलुङले नियन्त्रणमा लिएको छ।

स्थानीय बासिन्दाबाट प्राप्त जनगुनासोका आधारमा गरिएको विशेष चेकजाँचका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिएका हुन्।

नियन्त्रणमा लिइएका ती सवारीसाधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय, बागलुङ पठाइएको छ।

सवारीसाधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउने तथा सार्वजनिक शान्ति भंग गर्ने कार्य कानुनविपरीत भएको भन्दै प्रहरीले यस्ता गतिविधिमा संलग्न नहुन सवारी चालक तथा धनीहरूलाई अनुरोध गरेको छ।

‘सवारीसाधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउने र सार्वजनिक शान्ति भंग गर्ने कार्य कानुनविपरीत भएकाले यस्ता गतिविधिमा संलग्न नहुन अनुरोध गर्दछौँ,’ प्रहरीले भनेको छ ।

Exit mobile version