गण्डकी प्रदेशका लागि ‘ओमोडा जेको’ तथा ‘आइकार’ सवारी साधनहरूको आधिकारिक विक्रेता इलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ‘ओमोडा इ५ प्रो’ शुक्रबार सार्वजनिक गर्ने भएको छ ।
पोखरा इभेन्ट सेन्टरमा विशेष कार्यक्रमसहित गाडी सार्वजनिक हुने इलाइट मोटर्सका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए ।
यसैबीच, सो अवसरलाई कम्पनीले ‘सेलिब्रेसन इभेन्ट’समेत गर्ने भएको छ । यस अगाडि पोखरामा बिक्री भएका ओमोडा, जेको र आइकारका ग्राहकलाई भेला गराउने तयारी कम्पनीले गरेको छ ।
सो अवसरमा सहभागी ग्राहकले आफ्नो ब्राण्डको ब्याट्री वारेन्टीलाई विस्तार गर्ने सुविधा पाउनेछन् । यस अगाडि बिक्री भएका ओमोडा, जेको र आइकारको ब्याट्री वारेन्टी ११ वर्षमा विस्तार गर्ने सुविधाले ग्राहकहरु लाभान्वित हुने र ब्राण्डप्रतिको विश्वास थप बढ्ने कम्पनीले विश्वास लिएको छ ।
‘पोखरा तथा गण्डकी प्रदेशमा ओमोडा जेको परिवारले हासिल गरेको उल्लेखनीय सफलताको उत्सव मनाउन पाउँदा हामी गौरवान्वित छौं,’ बरालले भने ।
पोखरा बजारमा प्रवेश गरेयता ब्रान्डले सयौं ग्राहकको विश्वास जित्न सफल भएको उनले जानकारी दिए । पोखराका सडकमा ३५० भन्दा बढी ओमोडा इ ५, १०० भन्दा बढी जेको जे ६, तथा ६० भन्दा बढी आइकार गुडिरहेका छन् ।







