सुकुम्बासी बस्तीबाट होल्डिङ सेन्टर लगिएका भेषबहादुरको मृत्यु

सरकारले सुकुमबासी बस्तीबाट बल प्रयोग गरेर विस्थापित गराएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो। अस्पतालमा गरिएको परीक्षणका क्रममा उनको फोक्सोमा पानी जमेको चिकित्सकहरूले बताएका थिए।

परिवारका अनुसार दर्जी लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित थिए। पछिल्लो समय स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

वीर अस्पतालले जनाएअनुसार सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेका क्रममा बिहीबार उनको निधन भएको हो।

Scroll to Top