पोखरा । पोखरा क्लेज अफ म्यानेजमेन्टको आयोजनामा प्रथम ‘पिसिएम प्लस टु फुटसल टुर्नामेन्ट’ आयोजना हुने भएको छ ।
‘च्याम्पियन फर टुडे, लिडर्स फर टुमारो’ भन्ने नारासहित प्रतियोगिता आगामी जेठ १५ र १६ गते गणेशटोलस्थित बि–फिटको फुटसल मैदामा सञ्चालन गरिने कलेजले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कलेजका प्राचार्य लना नेगी श्रेष्ठले युवा नेतृत्व विकास तथा विद्यार्थीमैत्री गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताईन ।
खेल संयोजक प्रतिक राईका अनुसार प्रतियोगितामा करिब २० कलेजको सहभागिता रहनेछ। कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूले प्रतियोगितामा भाग लिन पाउनेछन् भने सहभागिताका लागि कुनै दर्ता शुल्क लाग्ने छैन ।
यसैबीच, कलेजले सोही मितिमा अन्तरकलेज पब्जी प्रतियोगिता पनि आयोजना गर्ने भएको छ। पब्जी प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीले क्रमशः नगद १० र ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी, जेठ ३० र ३१ गते कलेज परिसरमा छात्र–छात्रा बास्केटबल प्रतियोगिता आयोजना गरिने भएको छ । बिबिए दिवा तथा बिबिए आर्थिक संयोजक सरोज कुवँरका अनुसार छात्रतर्फ विजेताले नगद १५ हजार तथा उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। छात्रातर्फ विजेताले १० हजार तथा उपविजेताले रु ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
