सप्तकोशी नदी बीचको टापुबाट करिब ५ क्विन्टल गाँजा बरामद भएको छ । ४ सय ७५ किलोग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बरामद गरिएको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट इन्सपेक्टर मेघराज राउत र सुरक्षा वेश रामपुरका इन्स्पेक्टर राजविक्रम खड्काको कमाण्डमा खटिएको टोलीले गाँजा बरामद गरेको हो ।
नदीको बीच टापुमा भएकोले सशस्त्र प्रहरीले र्याप बोटको प्रयोग गरी गाँजा बरामद गरी नदीबाट बाहिर निकालेको थियो ।
बरामद गाँजा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले जानकारी दिएका छन् ।







