यस महिना ४ दिन लगातार सार्वजनिक बिदा परेको छ ।
यस अवसरमा विशेषतः सरकारी कर्मचारीलाई घुमघामको उत्कृष्ट अवसर मिलेको छ । त्यस्तै, विद्यार्थी र अन्य क्षेत्रका व्यक्तिलाई लामो बिदाको सदुपयोग गर्ने अवसर छ ।
गृह मन्त्रालयले बकर ईद (ईद-उल-अज्हा) पर्वको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिएपछि बिदा तन्किएर ४ दिन पुगेको हो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मिति २०८२-११-१८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको उल्लेख गरिएको छ।
१५ गते गणतन्त्र दिवस छ । गणतन्त्र दिवसमा पनि सार्वजनिक बिदा हुने गरेको छ ।
१६ गते शनिबार छ । १७ गते आइतबार पनि बिदा नै छ ।
सरकारको निर्णयअनुसार शनिबार र आइतबार दुई दिन बिदा हुने गरेको छ ।







