जिल्ला प्रशासन कार्यालय, कास्कीमा आंशिक स्थगन भएको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू पुनः सुचारु भएको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै गत वैशाख २१ गतेदेखि प्रणालीमा समस्या आएको जनाएको थियो ।
हाल उक्त सेवाहरु पुनः सुरु भएको कास्की प्रशासनले जनाएको छ ।
सूचना अनुसार अब राष्ट्रिय परिचयपत्रहरूको विवरण सच्याउने सेवा र जन्म दर्ता गर्दाको बखत राष्ट्रिय परिचयपत्र नम्बर अर्थात् एनआइएन जेनेरेट हुने सेवा सुरु गरिएको छ ।
त्यसैगरी सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्दा बायोमेट्रिक रुजु हुने सेवा र एनआइडिएमआईएस प्रणालीसँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरू पनि सूचारु छन् ।







