‘रारा पोखरा स्पोर्टस् अवार्ड’ ५ दिन बाँकी, ५ खेलाडीबीच ‘पिपुल्स च्वाइस’मा प्रतिष्पर्धा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ आउन अब जम्मा ५ दिन बाँकी छ ।

यसबीच पिपुल्स च्वाइस अवार्ड विधामा पाँच खेलााडी मनोनित भएका छन् । सोहीक्रममा उनीहरुबीच पहिलो नम्बरमा आउन प्रतिष्पर्धा सुरु भएको छ ।

पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका ५ जना खेलाडीको लागि भने दुई सातायता भोटिङ भइरहेको छ ।

जसमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपीन खत्री र मुवाथाई-आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा परेका छन् । मनपर्ने खेलाडीलाई खल्ती एपमार्फत भोटिङ गर्नुपर्ने छ ।

सर्वाधिक भोट ल्याउनेमध्ये एकजनाले अवार्डसहित स्कुटर प्राप्त गर्नेछन् । त्यसका लागि पोखरा न्यूरोडको गुरुङ गहनाघर प्रालि स्कुटर प्रायोजन गरिसकेको मञ्चले जनाएको छ । भोटिङ पार्टनर खल्ती हो ।

मञ्चले यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा विभिन्न ९ विधामा अवार्ड प्रदान गर्दैछ ।

Scroll to Top