‘जकज’ आरोपमा वडाध्यक्ष पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा जुम्लाको पातारासी गाउँपालिका– ५ का वडाध्यक्ष दत्तबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई बुधवार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार एक महिलाले वडाध्यक्ष बुढाविरुद्ध पटक पटक धम्क्याउँदै जबरजस्ती करणी गरेको आरोप छ ।

घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Scroll to Top