लायन्स डिस्ट्रिक्ट ३२५ जे कास्कीद्वारा मानवसेवा आश्रम पोखराको भवन निर्माण सम्पन्नताका लागि आर्थिक सहयोग प्रदान गरिएको छ।
पोखरा–कास्कीस्थित श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको अवसरमा उक्त डिस्ट्रिक्टले अक्षरेपी १ लाख ३ हजार ८ सय ५५ रुपैयाँ दान सहयोग प्रदान गरेको हो।
मानवसेवा र सामाजिक सेवामा समर्पित उक्त सहयोगले आश्रमको भवन निर्माण कार्यलाई थप सहज बनाउने विश्वास गरेको छ।
सहयोगप्रति यज्ञ मूल आयोजक समितिले हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहने अपेक्षा गरेको छ।
मानवसेवा आश्रमद्वारा सञ्चालन भइरहेको उक्त महायज्ञमार्फत समाजसेवा, मानव कल्याण तथा सहयोगका विभिन्न गतिविधिहरू निरन्तर सञ्चालन भइरहेका छन्।
महायज्ञ हेम्जामा बैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।







