पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की गण्डकी प्रदेशस्तरीय युवा प्रतिभा पहिचान तथा सम्मानबाट विभुषित भएका छन् ।
कार्कीलाई गण्डकी प्रदेश, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आज सम्मान गरेको हो ।
पाल्पाबट पोखरा आई दशक बढीको व्यावासायिक यात्राका दौरान अहिले कम्पनीको छातामा फर्निशिङ, सप्लायर्स र इलेक्ट्रोनिक्सका शाखा रहेका छन् ।
२ जना स्टाफको सहयोगमा सुरु भएको व्यापारमा अहिले ५० जनाले सघाउँदैछन् । जहाँ, दिपकको खटाई उस्तै र निरन्तर छ, जस्तो सुरुको दिनमा हुने गथ्र्यो ।
यससँगै अहिले सिटिजनसँग आफ्नै मेटल र फर्निचरको उद्योग छ, जसले कम्पनीको गुणस्तरलाई कायम राखेको छ । शोरुममा उपलब्ध सामग्रीमध्ये थोरै हिस्सा चीन र भारतबाट ल्याइएका छन् भने बाँकी आफ्नै उद्योगमा उत्पादित रहेका छन् ।
कार्की फर्निचर उद्योग क्षेत्रमा आइकन मानिन्छन् । गण्डकी प्रदेशको राजधानी पोखरा र यसको सेरोफेरोमा हुने बजारको ठूलो हिस्सा उनले सञ्चालन गरेको सिटिजन फर्निचरले ओगट्ने गरेको छ ।
कार्की समाज सेवाका लागि चर्चित छन् । सामाजिक काममा आफै खटिनेदेखि सामाजिक कार्यका लागि आर्थिक सहयोग पनि निरन्तर गर्ने गर्दछन् ।







