वैशाख १७ मा दुबै सदनको अधिवेशन

संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ बिहीबार दिउँसो २ बजेका लागि संसद अधिवेशन आहवान गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ ।

संसद्को आगामी अधिवेशन बजेट अधिवेशन पनि हो । जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा बजेट पेश गर्नुपर्छ ।

Scroll to Top