‘चुनाव जिते: मन्त्री, चुनाव हारे: महामन्त्री !’

विपेन्द्र कार्की

भूपदेव शाहलाई चुनावअघि बालेन सरकारको मन्त्री भनेर खुबै प्रचार गरिएको थियो ।

चुनाव लड्न गृहजिल्ला अछाम पुगेका शाहले जित्न सकेनन् । नजितेको मात्र हैन, चौथो स्थानमै सीमित भए ।

बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा स्वकीय सचिव रहेर कतिपय जटिल विषयमा आफूलाई मेयरकै रूपमा प्रस्तुत गरेका शाहले बालेन प्रधानमन्त्री बनेपछि कुनै शासकीय भूमिका पाएनन् ।

चुनाव जितेका भए मन्त्री हुने भूपदेव शाहले चुनाव हारेर पनि अरुजस्तो खुम्चेर बस्नु परेन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई हिजो ‘महामन्त्री’ बनायो ।

चुनाव हारेपछि सत्तामा जाने ढोका बन्द भए पनि उनले पार्टीमा भने शक्तिशाली पद पाएका छन् ।

बालेनले चुनावअघि भनेका थिए:

‘सुदूर अब दूर नाई, झिक्कै-झिक्कै माया तम्लाई !’

Scroll to Top