पत्रकार गणेश लम्सालले छोरीको बिहे दलितसँग गरिदिएपछि भने -‘समाजको आरोप सामना गर्छु’

विराटनगरका पत्रकार गणेश लम्सालले छोरी आशिकाको बिहे सुशिल नेपालीसँग गरिदिएको उल्लेख गरेका छन् ।

लम्सालले छोरी र ज्वाइँको बिहे दर्तापछि मोरंग जिल्ला अदालत अघि खिचेको तस्बिर राख्दै कानूनीरुपमा विवाह भएको जानकारी दिएका छन् ।

यससँगै उनले भनेका छन् ‘प्यारी कान्छी छोरीको बिहे सम्पन्न भयो, मलाई हैसियत नभएको, मुर्ख, डरपोक, हुतिहारा, लोभी जे आरोप लगाएपनि सामना गर्छु ।’

विभेद, रुढिबाद, अन्यविश्वास, आडम्बर सबै विरुद्ध पश्न गर्न कहिल्यै नडराउनु भन्दै लम्सालले छोरी ज्वाइँलाई दाम्पत्य जीवन समाजको सर्वाेत्तम हितमा खर्च गर्न सुझाएका छन् ।

Scroll to Top