स्वास्थ्यमन्त्री र जापानी दूतबीच विकास र साझेदारीमा छलफल

स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र र नेपालका लागि जापानका राजदूतमाएदा तोरुबीच आज भेटघाट भएको छ ।

मन्त्रीको कार्यकक्षमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीच स्वास्थ्य क्षेत्रको साझेदारीलाई थप दिगो र प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, स्वास्थ्य सेवाको आधुनिकीकरणका विषयमासमेत गहन छलफल भएको हो ।

भेटमा मन्त्री मेहताले नेपालको सामाजिक-आर्थिक विकासमा जापानले पुर्‍याउँदै आएको निरन्तर सहयोगको सराहना गर्दै आगामी दिनमा द्विपक्षीय हितका क्षेत्रमा थप सहकार्यको अपेक्षा गरेको बताइएको छ ।

यसबीच राजदूत तोरुले नेपालमा आवश्यक स्वास्थ्य र खानेपानीको क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने वचन दिएका छन् ।

Scroll to Top