काठमाडौं । लागुऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठूलो परिमाणमा लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३ नागार्जुन क्षेत्रमा बसोबास गर्दै आएका २४ वर्षीय सुनिल चिम्से उर्फ सुनिल गोले रहेका छन् । उनलाई सिता बाल विकास माध्यमिक विद्यालय नजिकै रहेको डेरा कोठाबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीले कोठा खानतलासी गर्दा ४,६८० क्याप्सुल ट्रामाडोल, १४५ ट्याबलेट नाइट्राजेपाम, ६० एम्पुल डाइजापाम, ५८ एम्पुल फेनार्गन, ५८ एम्पुल नुर्फिन, विभिन्न कम्पनीका ३ थान मोबाइल र नगद १७ हजार ३०० बरामद गरेको जनाएको छ ।
हाल पक्राउ परेका गोलेलाई प्रहरी वृत्त स्वयम्भूमा राखी थप अनुसन्धान भइरहेको छ ।







