ड्यामसाइडबाट ११ जुवाडे समातिए

पोखराको वडा १७, ड्यामसाइडबाट जुवा खेल्ने र खेलाउने ११ जना समातिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डीएसपी हरिबहादुर बस्नेतले जुवाडेहरुलाई विशेष सूचनाकोआधारमा पक्राउ गरिएको बताएका छन् ।

बस्नेतका अनुसार उनीहरुको साथबाट ३ लाख ४६ हजार ९६५ रुपैयाँ र १० बुक ताससमेत बरामद गरिएको छ ।

जुवाडेलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धान सुरु गरिएको छ ।

Scroll to Top