“रास्वपाको ‘हाई भोल्टेज’ बैठक आज-कसको भाग्य खुल्छ समानुपातिकमा?”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार बस्दैछ । यसअघि शनिबारका लागि तय गरिएको बैठक अन्तिम समयमा सारेर आजका लागि राखिएको हो ।

पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार सभापति रवि लामिछानेको निर्देशनमा बैठक आज बिहान १० बजे सुरु हुने तय गरिएको छ । बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिने बताइएको छ ।

बैठकको मुख्य एजेन्डा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्ने विषय रहने प्रवक्ता झाले जानकारी दिएका छन् । पार्टीभित्र विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै उम्मेदवार छनोट गर्ने विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।

रास्वपाले आगामी राजनीतिक रणनीति र संगठनात्मक सुदृढीकरणका विषयमा पनि छलफल गर्न सक्ने स्रोतले जनाएको छ । समानुपातिक सूचीमा कसको नाम पर्ने भन्ने विषयलाई लिएर पार्टीभित्र र बाहिर चासो बढिरहेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार आजको बैठकले रास्वपाको आगामी रणनीति र प्रतिनिधित्वको दिशाबारे महत्वपूर्ण संकेत दिन सक्नेछ ।

Exit mobile version