ललितपुर–२ मा जगदीश खरेलको जित, मतदाताप्रति आभार

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन् । आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेलले ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।

विजयपछि उनले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै यो जित ललितपुर–२ को मात्र नभई समग्र ललितपुर र देशकै जित भएको प्रतिक्रिया दिएका छन् । जनताले दिएको मतलाई देश र जनताको जितका रूपमा लिएको उल्लेख गर्दै उनले विकास र देश निर्माणको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन साहको नेतृत्वमा देशलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउने अभियान जारी रहने उनको धारणा छ ।

निर्वाचनका क्रममा साथ, समर्थन र विश्वास गर्ने सम्पूर्ण मतदाताप्रति उनले पुनः धन्यवाद व्यक्त गरेका छन् ।

Exit mobile version