पोखरा । पोखरामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ ।
प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र प्रमुख कमाण्डरमा पानबहादुर जिसी चयन भएका छ्न ।
कास्की इञ्चार्जमा नमराज केसी तथा युनिफाइड कमाण्डरमा सूर्य लामा रहेका छन् ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरूलाई केन्द्रीय सचिव खगराज अधिकारीले स्वागत गरे । उनले फोर्स देश र जनताको हितमा क्रियाशील विशेष संगठन भएको बताए ।
केन्द्रीय कमाण्ड प्रमुख पुष्पराज श्रेष्ठका अनुसार आगामी निर्वाचनका लागि देशभरका १०,९६७ मतदान केन्द्रमा २ लाख २२ हजार युवा परिचालन गरिनेछ ।
