तनहुँ । हरिहर महिला समूहको २६औँ साधारण सभा तथा छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका सदस्यहरू, स्थानीय समाजसेवी तथा विभिन्न सघं सस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
नयाँ समितिमा अध्यक्षमा मुना श्रेष्ठ, उपाध्यक्षमा कमला श्रेष्ठ गुरुङ चयन हुनुभएको छ ।
यसैगरी, सचिवमा सुष्मा पिया, सह(सचिवमा लिला प्रधान श्रेष्ठ, कोषाध्यक्षमा तारा पिया र सह(कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
कार्यसमितिका सदस्यहरूमा सीता श्रेष्ठ, रोहिता देवी श्रेष्ठ, रजनी श्रेष्ठ, रजनी गिरी, रोजिता श्रेष्ठ, रचना पिया, बिनु श्रेष्ठ र देवी कडेल चयन हुनुभएको छ ।
नव निर्वाचित अध्यक्ष मुना श्रेष्ठले महिला सशक्तिकरण, सीप विकास तथा सामाजिक कार्यमा समूहलाई अझ सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
