साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, भुटान पराजित

पोखरा । पोखरामा जारी साफ यू–१९ महिला च्याम्पियनसिप फूटबलमा नेपाली टोलीले पहिलो जित हात पारेको छ ।

पोखरा रंगशालामा सोमबार भएको दोस्रो खेलमा नेपाली टोलीले भुटानमाथि २–१ गोल पराजित गर्दै जित हासिल गरेको हो ।

त्यसअघि, सोमबार नै खेलिएको खेलमा बंगलादेशले भारतलाई २–० गोलले हराएको थियो । 

जारी प्रतियोगितामा भारतको यो पहिलो हार हो ।

प्रतियोगिताको पहिलो दिन शनिबार खेलिएको खेलमा भारतले आयोजक नेपाललाई १–० गोलले पराजित गरेको थियो । 

शनिबार नै खेलिएको खेलमा बंगलादेशले भुटानमाथि १२–० गोलको विशाल अन्तरको जित हासिल गरेको थियो ।

नेपालले आफ्नो अन्तिम खेल बुधबार बंगलादेशसँग खेल्नेछ । 

सोही दिन भारतले आफ्नो अन्तिम खेल भुटानसँग खेल्नेछ । त्यसपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् ।

हाल चारवटै टोलीले दुई/दुई खेल खेलिसक्दा ६ अंकसहित बंगलादेश पहिलो, तीन अंकसहित नेपाल दोस्रो, तीन अंकसहित भारत तेस्रो र खाता खोल्न नसकेको भुटान चौथो स्थानमा छन् । फाइनल खेल फेब्रुअरी ७ तारिखमा खेलिने छ ।

Exit mobile version