साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल बंगालादेश संग पराजित

पोखरा ।  साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेश संग पराजित भएको छ ।

भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपाल ३–० गोलले पराजित भएको हो । 

बंगलादेशकी प्रितीले ह्याट्रिक गरिन् । पहिलो हाफमा २ गोल गरेकी उनले दोस्रो हाफमा थप एक गोल गर्दै नेपाललाई दबाबमा राखिन् । 

यो नेपालको लगातार दोस्रो हार हो । भदौ १५ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छ्न । 

यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो ।

डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले यस प्रतियोगितामा अब अर्को खेल भदौ ११ मा बंगलादेशसँग, भदौ १३ मा भारतसँग र भदौ १५ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।

Exit mobile version