काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर ३,४०६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगका अनुसार ३,०१७ पुरुष र ३८८ महिला उम्मेदवार छन्।
उमेर समूहअनुसार २५–४० वर्षका १,०५६, ४१–६० वर्षका १,९२५ र ६१ वर्षमाथिका ४२५ जना छन्।
हालसम्म ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
समानुपातिकतर्फको नामावली प्रकाशित भइसकेको छ भने दाबी–विरोध माघ १० गतेसम्म गर्न सकिने आयोगले जनाएको छ।

