फुटबल :साफ यु–१९ खेल तालिका सार्वजनिक,पहिलो खेल नेपाल र भारत

काठमाडौँ । पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मङ्गलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालको पहिलो खेल भारतसँग परेको हो ।

पोखरा रङ्गशालामा हुने च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश र भुटान चार टोलीको सहभागिता रहनेछ ।

सिंगल राउन्ड रोविन लिगका आधारमा हुने खेलमा लिगपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ ।

Exit mobile version