धुम्मियो पोखरा, पहाडी भेगमा वर्षाको सम्भावना

अंग्रेजी नयाँवर्षको पहिलो दिन आज पोखराको मौसम हुस्सुले भरिएको छ ।

धुम्मिएको मौसमकाकारण यस क्षेत्रमा ह्वात्तै चिसो बढेको छ भने पहाडी भेगमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

Exit mobile version