
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा सदस्य बन्नका लागि आवेदन दिएका सातै प्रदेशका प्रारम्भिक उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत आवेदन दिने सबैलाई धन्यवाद दिँदै उम्मेदवार छनोट समितिले पहिलो चरणको प्रारम्भिक नामावली प्रकाशन गरिएको जनाएको हो।
सूचीमा नाम समावेश नभएका वा कुनै विवरणमा त्रुटि देखिएका इच्छुकले सम्बन्धित कार्यवाहक प्रदेश सभापतिसँग सम्पर्क गर्न पार्टीले आग्रह गरेको छ।
सूचीमा गण्डकी प्रदेशबाट ४३ जनाको नामावली रहेको छ भने कास्कीबाटमात्रै ११ जनाको नाम समावेश गरिएको छ ।
कास्कीबाट सोमनाथ अधिकारी, मञ्जुसिंह हमाल, राममाया बस्ताकोटी, उषा भुजेल, प्रदिप सुनार, समिउन निशा रहेका छन् ।
त्यस्तै, शोभा जोशी, विष्णुकुमारी गुरुङ, रविन्द्र मल्ल, शोभा कायस्थ र संगिता गौतम तिमिल्सिनाको नाम पनि सूचीमो समावेश छ ।
पार्टीका अनुसार शुक्रबार प्रारम्भिक उम्मेदवारमाथि दाबी–विरोध गर्न सकिने व्यवस्था छ। त्यसपछि उम्मेदवारसँग छलफल तथा अन्तिम नामावली प्रकाशन गरिनेछ।







