स्थापना दिवसको अवसरमा उत्कृष्ट ९ लाई ‘नवरत्न’ सम्मान

पोखरा महानगरपालिकाले ६७औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट काम गर्ने ९ जनालाई नवरत्न सम्मान गरेको छ । उनीहरुलाई २ लाख २ हजार २ सय दुई रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, तक्माले सम्मान गरिएको हो ।

नेपथ्य ब्याण्डका गायक तथा संगीतकार अमृत गुरुङ, पुम्दीकोटमा विशाल महादेव मूर्ति बनाउने परिकल्पनाकार उद्योगी चन्द्रकान्त बराल, उद्योगी चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तीलकमान गुभाजु, प्राडा बुद्धिबहादुर थापालाई स्वास्थ्य क्षेत्रबाट सम्मान गरिएको छ भने खेलकुद क्षेत्रबाट वीरेन्द्रसिंह गुरुङ, उद्यमशीलताबाट रामकली खड्का र उद्योगी हरि पाण्डेलाई सम्मान गरिएको छ ।

महानगरले यसअघि २०५५ र २०५९ सालमा सम्मान गरिएको थियो । पोखरा महानगरमा स्थायी ठेगाना भएका र महानगरभित्र मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई मात्रै सम्मान गर्ने कार्यविधिमा व्यवस्था छ।

Exit mobile version