रुपा गाँपामा दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

पोखरा । रुपा गाउँपालिकामा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलो पटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । 

मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विजि गाइजले जित हासिल गरेको छ । विजी गाइजले भिरचोक तमु समाजलाई २–० गोलअन्तरले हराउँदै पहिलो जित दर्ता गरेको छ । 

कार्यक्रममा रुपा गाँपाका उपाध्यक्ष लालसुब्बा गुरुङ,वडा ५ वडाध्यक्ष राजन खनाल,रुपा ६ वडाध्यक्ष नारायण गुरुङ,रास्वपा रुपाका सभापति राजेन्द्र सुवेदी लगायतले बोलेका थिए ।

खेल संयोजक सुनिल श्रेष्ठले पालिका गठन भएपश्चात पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना गरेको सुनाए ।

दोभान क्लबका अध्यक्ष सुजन श्रेष्ठ रहेको उक्त क्लबले आयोजना गर्न लागेको फुटबल प्रतियोगितामा २१ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उपविजेताले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुनेछ । 

Exit mobile version