जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका ४ जनाले मोटरसाइकलको स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्दै ध्वनी प्रदुषण गरेको र प्रहरीसँग वादविवाद गरेका जिप्रका कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन् ।
उनीहरुलाई मोटरसाइकलसहित पक्राउ गरिएको र शान्ति सुव्यवस्था खलल पारेको अभियोगमा कारवाही अघि बढाइएको पाण्डेले बताएका छन् ।
पक्राउ पर्नेमा मनिष केसी, कृष्ण मल्ल, मनोज नेपाली र विशेष पुर्जा रहेका छन् । उनीहरुको उमेर २० देखि २७ वर्ष रहेको छ ।
प्रहरीले यस्ता मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिन ‘अपरेशन ३६५’ अभियान जारी गरेको छ ।
त्यस्तै, आगोको झिल्का निकाल्दै मोटरसाइकल पड्काउँदै आतंक मच्चाउने व्यक्तिको जानकारी दिन समेत कास्की प्रहरीले अपील गरेको छ ।
